यी हुन् कांग्रेसबाट बन्ने १० मन्त्री

हिमाल प्रेस ३१ असार २०८१ ११:०८
86
SHARES
यी हुन् कांग्रेसबाट बन्ने १० मन्त्री कांग्रेस केन्द्रीय कार्यालय

काठमाडौँ- नेपाली कांग्रेसबाट मन्त्री हुनेको नाम टुंगिएको छ। सभापति शेरबहादुर देउवा पक्षबाट सात जना र इतरपक्षबाट तीनजनाको नाम टुंगिएको कांग्रेस स्रोतले जनाएको छ।

देउवाले प्रकाशमान सिंह, रमेश लेखक, आरजु राणा देउवा, अजय चौरासिया, दिपक खड्का, तेजुलाल चौधरी र ऐनबहादुर शाहीको नाम टुंग्याएका हुन्। इतरपक्षबाट प्रदीप पौडेल, बद्री पाण्डे र रामनाथ अधिकारी मन्त्री बन्ने भएका छन्।

सिंहले उपप्रधानसहित सहरी विकास, लेखकले गृह, आरजु राणा देउवाले परराष्ट्र, चौरसियाले कानुन, खड्काले ऊर्जा, तेजुलाल चौधरीले खेलकुद र ऐनबहादुर शाहीले वनमन्त्रालयको नेतृत्व सम्हाल्ने छन्। इतरपक्षबाट पौडेल स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने भएका छन्।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रीमा सहमहामन्त्री पाण्डे जाने भएका छन्। अधिकारी कृषिमन्त्री बन्नेछन्।

प्रकाशित: ३१ असार २०८१ ११:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 18 =