हेर्नुहोस् आजको विदेशी मुद्राको मूल्य

हिमाल प्रेस ३१ असार २०८१ ७:४२
10
SHARES
हेर्नुहोस् आजको विदेशी मुद्राको मूल्य

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर र दिनारको मूल्य घट्दा युरो, पाउन्ड अस्ट्रेलियन डलरसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९६ पैसा निर्धारण भएको छ। विगत तीन दिनदेखि अमेरिकी डलर यही मूल्यमा कारोबार हुँदै आएको छ। आजको लागि युरोपियन युरो १ को खरिदर १४५ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४६ रुपैयाँ १२ पैसा निर्धारण भएको छ। हिजो रो १ को खरिदर १४५ रुपैयाँ २४ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८९ पैसा थियो।

आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७३ रुपैयाँ २९ पैसा र बिक्रीदर १७४ रुपैयाँ ०७ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७३ रुपैयाँ ६६ पैसा थियो। अस्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ ४७ पैसा र बिक्रीदर ९० रुपैयाँ ८८ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ ३३ पैसा र बिक्रीदर ९० रुपैयाँ ७४ पैसा थियो।

कुवेती दिनार १ को खरिददर ४३६ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४३८ रुपैयाँ ३५ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३६ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४३८ रुपैयाँ ४१ पैसा थियो। बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ३३ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ८० पैसा र बिक्रीदर ३५५ रुपैयाँ ३९ पैसा थियो।

प्रकाशित: ३१ असार २०८१ ७:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 16 =