त्रिशूली बस दुर्घटना अपडेट : भारतको वाल्मीकि नहरमा चार र नारायणी नदीमा एक जनाको शव फेला

हिमाल प्रेस ३० असार २०८१ २१:०२
220
SHARES
त्रिशूली बस दुर्घटना अपडेट : भारतको वाल्मीकि नहरमा चार र नारायणी नदीमा एक जनाको शव फेला फाइल तस्बिर।

काठमाडौँ- पहिरोले बगाएर त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये थप पाँच जनाको शव फेला परेको छ। योसँगै हालसम्म १० जनाको शव फेला परिसकेको छ।

सशस्त्र प्रहरीका अनुसार पूर्वी नवलपरासीस्थित भारततर्फको वाल्मिकी नहरमा पहिचान नखुलेका चार पुरुषको शव फेला परेको हो। यस्तै पश्चिम नवलपरासी, सुस्ता गापा-४ स्थित नारायणी नदीको किनारमा पहिचान नखुलेको एउटा पुरुषको शव फेला परेको छ।

सहजीकरण र समन्वयका लागि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट् त्रिवेणीको टोली खटिएको छ।

काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश ०३-००१ ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका-२९ सिमलतालमा पहिरो खस्दा दुवै बस त्रिशूलीमा बगेका थिए।

गौरतर्फ गइरहेको बसमा ३८ जना र काठमाडौँतर्फ गइरहेको बसमा सवार २७ जना बेपत्ता भएका थिए।

प्रकाशित: ३० असार २०८१ २१:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast