‘ड्रोन क्यामरा’बाट खोज्न थालियो त्रिशुलीमा बेपत्ता बस र यात्रु

हिमाल प्रेस २९ असार २०८१ ९:१८
38
SHARES
‘ड्रोन क्यामरा’बाट खोज्न थालियो त्रिशुलीमा बेपत्ता बस र यात्रु

काठमाडौँ। त्रिशुलीमा बेपत्ता बस र यात्रुको खोजी गर्न पानीभित्र हेर्न मिल्ने ‘ड्रोन क्यामरा’ प्रयोग थालिएको छ। हिजो चुम्बकसहित खोज्दा समेत बेपत्ता बस र यात्रु फेला नपरेपछि ड्रोनबाट खोज्न थालिएको हो।

गत असार २८ गते त्रिशुलीमा दुई यात्रुवाहक बस दुर्घटनामा परी बेपत्ता भएकाहरुको पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाइपलाइन इन्सपेक्सन सिस्टम प्रयोगमा ल्याइएको हो। र्‍याफ्टबोटमा जडान गरेर पानीभित्रको वस्तुहरु हेर्न सोनार क्यामराले सहयोग पुर्‍याउने सशस्त्र प्रहरीका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ९ जना गोताखोरसहित २५ जना र नं १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्तसहित ३५ जनाको सुरक्षा फौज उनीहरुको खोजीकार्यमा परिचालित भएको छ। साथै नेपाली सेना र नेपाल प्रहरी समेत परिचालित रहेका छन् ।

वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस भरतपुर महानगरपपालिका–२९ सिमलताल असार २८ गते बिहान त्रिशुली नदीमा खसेको थियो।

प्रकाशित: २९ असार २०८१ ९:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast