के नायक रमेश उप्रेती दोस्रो विवाहका लागि दबाबमा छन्?

हिमाल प्रेस २९ असार २०८१ ८:४६
32
SHARES
के नायक रमेश उप्रेती दोस्रो विवाहका लागि दबाबमा छन्?

काठमाडौँ- कुनै बेलाका सुपरस्टार रमेश उप्रेती केही समययता फेरि फिल्म नगरीमा छन्। उनले केही फिल्म पनि दर्शकलाई पस्किसके। उमेरले अधबै‌शे नाघे पनि रमेशको शारीरिक जीउडाल र सक्रियता पहिलेको भन्दा कम छैन। उनी चकलेटी हिरोकै रूपमा पर्दामा देखिरहेका छन्। कुनै बेलाका सफल नायक मानिन्छन्, रमेश। तर उनको व्यक्तिगत जीवन भने सफल छैन।

उनी डिर्भोसी हुन्। उनले पत्नी किरण राणाबीच सम्बन्ध विच्छेद (डिभोर्स) गरेका छन्। यद्यपि, फिल्मवृत्तमा पहिलेदेखि नै डिर्भोसको हल्ला चलेपछि रमेशले स्वीकारेनन्। तर अहिले औपचारिकरूपमै उनीहरू छुटेका छन्। उनी डिर्भोसपछि फिल्म क्षेत्रमा गुमनाम रहे। उनी विदेशिए।

अस्ट्रेलिया बसोबास गर्न थाले। अब भने रमेश फेरि विवाह गर्ने तयारीमा छन्। यो कुरा उनी आफैले खोलेका हुन्। उनले अब हुने विवाह परिवारको दबाब भनेका छन्। आखिर को हुन् त? रमेशकी हुनेवाला श्रीमती। यसबारे रमेशले खोलेका छैनन्। उनले आउँदो मङ्सिरमा विवाह गर्ने तयारी गरेका छन्। रमेशको यो विवाह फिल्म क्षेत्रभन्दा बाहिरकी युवतीसँग मागी विवाह हुने बताइएको छ।

परिवारले विवाहका लागि अस्ट्रेलियामा बसोबास गर्ने युवतीलाई रोजेका छन् र रमेश तयार छन्। रमेशले हाल मानसिकरुपमा विवाहको लागि आफू तयार भएको बताएका छन्। रमेशको यो दोस्रो विवाह हुनेछ। उनका फ्यानहरू उनलाई नयाँ जीवनको लागि शुभकामना दिइरहेका छन्। रमेशका यो मायाले लौन सतायो, करोडपति, धर्म संकट, पराई घर, एक नम्बर को पाखे जस्ता फिल्म खेले।

उनी अस्ट्रेलियाबाट फर्केर पनि ऐश्वर्या लगायतका फिल्म खेलेका छन्। यद्यपि, रमेशको कमव्याक फिल्म आर्थिकरूपमा भने उति सफल छैनन्।

प्रकाशित: २९ असार २०८१ ८:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =