प्रधानमन्त्रीमा ओलीको नियुक्ति कहिले?

हिमाल प्रेस २९ असार २०८१ ६:४२
18
SHARES
प्रधानमन्त्रीमा ओलीको नियुक्ति कहिले? केपी शर्मा ओली।

काठमाडौँ- नेपाली कांग्रेस र नेकपा एमालेले संयुक्तरूपमा शुक्रबार (हिजो) राति प्रधानमन्त्रीमा केपी शर्मा ओलीको नाम पेस गरेका छन्।

संसद्का ठूला दुई दलसहित जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टीले ओलीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिसमक्ष हस्ताक्षर बुझाएका थिए। राष्ट्रपतिलाई दलहरूले १६६ सांसदको हस्ताक्षर राष्ट्रपतिकहाँ बुझाएका छन्।

शुक्रबार नै पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्बाट विश्वासको मत नपाएपछि राष्ट्रपतिले अर्को सरकार गठनको प्रक्रिया सुरु गरेका थिए। संविधानको धारा (७६) को उपधारा २ अन्तर्गत ओलीलाई प्रधानमन्त्री बनाउन दलहरू लागेका हुन्। राष्ट्रपतिले आउँदो आइतबार ५ बजेसम्मका लागि प्रधानमन्त्रीको नाम प्रस्ताव गर्न अनुरोध गरेका थिए।

तर, दलहरूले शुक्रबार राति नै दाबी पेस गरे। के ओली आजै प्रधानमन्त्री हुने सम्भावना छ? वा आइतबारसम्म पर्खनुपर्छ।

राष्ट्रपतिले आवश्यक अध्ययन गरेर आइतबार मात्रै नियुक्ति गर्ने सचिवालयको भनाइ छ। दलहरूले पनि आजै प्रधानमन्त्री बन्ने सम्भावना नहरेको बताएका छन्। ओलीलाई प्रधानमन्त्री बनाउन कांग्रेसका ८८, एमालेका ७८ सांसदको हस्ताक्षरसहित संसदीय दलका नेताको हस्ताक्षर छ।

प्रकाशित: २९ असार २०८१ ६:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 15 =