कानुनविद्हरूसँग राष्ट्रपति पौडेलको छलफल, ७६ (२) अनुसार सरकार गठनको आह्वान गर्न सुझाव

हिमाल प्रेस २८ असार २०८१ २०:०३
228
SHARES
कानुनविद्हरूसँग राष्ट्रपति पौडेलको छलफल, ७६ (२) अनुसार सरकार गठनको आह्वान गर्न सुझाव

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार कानुनविद्हरूसँग नयाँ सरकार गठनका विषयमा छलफल गरेका छन्। संसदबाट विश्वासको मत नपाएपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीबाट पदमुक्त भएका छन्। अब नयाँ सरकार गठनको संवैधानिक व्यवस्थाका विषयमा कानुनविद्हरूसँग राष्ट्रपति पौडेलले परामर्श गरेका हुन्।

छलफलमा कानुनविद्हरू पूर्णमान शाक्य, विपिन अधिकारी, गोपालकृष्ण घिमिरे, हरिहर दाहाल, शेरबहादुर केसी, टीकाराम भट्टराई, चन्द्रकान्त ज्ञवाली, सीताराम केसीको सहभागिता रहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

कानुनविद्हरूले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनको आह्वान गर्न सुझाव दिएका छन्। ७६ (२) अनुसार सरकार गठनको आह्वान हुँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेस गर्नेछन्। यदि ७६ (३) बाट नयाँ सरकार गठन आह्वान हुँदा ठूलो दलको हैसियतले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन्।

प्रकाशित: २८ असार २०८१ २०:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 3 =