चितवन दुर्घटना अपडेट : बेपत्ता बस भेटिएन

हिमाल प्रेस २८ असार २०८१ ९:२७
24
SHARES
चितवन दुर्घटना अपडेट : बेपत्ता बस भेटिएन

चितवन- पहिरोले बगाउँदा नारायणी नदीमा बेपत्ता भएका दुईवटा बस अझैसम्म फेला पार्न सकिएको छैन। नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरो खस्दा आज विहान दुईवटा बस नदीमा खसेका थिए। बसमा ६५ जना सवार रहेको बताइएको छ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पानी परिरहेकाले उद्धारमा केही कठिनाइ भइरहेको बताए। नदीमा जलसतह उच्च भएकाले खोजीमा समस्या भएको जनाइएको छ।

अहिले नेपाली सेना र सशस्त्र प्रहरी बलको गोताखोर टोलीले डुं‍‍गामा खोजी थालेका छन्। हालसम्म बस फेला पर्न नसकेको यादवले जानकारी दिए।

आज बिहान ३ बजे भरतपुर महानगरपालिका–२९ सिमलताल अविरल वर्षाका कारण पहिरोले वीरगंजबाट काठमाडौँ आउँदै गरेको र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको यात्रुबस बगाई नदीमा बेपत्ता भएको छ। यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ आउँदै गरेको बसमा २४ जना यात्रु रहेका थिए।

प्रकाशित: २८ असार २०८१ ९:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =