म्याग्दीमा पहिरोमा घर पुरिँदा दम्पतीकाे मृत्यु

हिमाल प्रेस २८ असार २०८१ ७:४४
26
SHARES
म्याग्दीमा पहिरोमा घर पुरिँदा दम्पतीकाे मृत्यु म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकमको आरखोलामा शुक्रबार बिहान झरेको पहिरोले पुरिएको तुलप्रसाद न्यौपानेको घर। तस्बिर : रासस

म्याग्दी- म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकममा पहिरोमा घर पुरिँदा एक दम्पतीको मृत्यु भएको छ।

घर पुरिँदा तुलप्रसाद र उनकी श्रीमती बालकुमारी न्यौपानेको मृत्यु भएको ताकम प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक रमेशप्रसाद अधिकारीले जानकारी दिए।

उनका अनुसार जनप्रतिनिधि, प्रहरी र स्थानीयवासीले उनीहरूकाे उद्धार गरेका थिए। निरन्तरको झरीका कारण म्याग्दी, राहुघाट र कालीगण्डकी नदीमा पानीको सतह बढेको छ।

जल तथा मौसम विज्ञान विभागले म्याग्दी नदीको सतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रकाशित: २८ असार २०८१ ७:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =