चितवनमा पहिरोले दुईवटा यात्रुबस बगायो,खोजी गर्दै प्रहरी

हिमाल प्रेस २८ असार २०८१ ६:३९
60
SHARES
चितवनमा पहिरोले दुईवटा यात्रुबस बगायो,खोजी गर्दै प्रहरी सांकेतिक तस्बिर

काठमाडौँ- अविरल वर्षाका कारण चितवनमा पहिरोले दुईवटा यात्रुबाहक बस बगाएको छ।

आज बिहान ३ बजे भरतपुर महानगरपालिका–२९ सिमलताल अविरल वर्षाका कारण ठूलो पहिरोले वीरगंजबाट काठमाडौँ आउँदै गरेको र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको यात्रुबस बगाई नारायणी नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ।

उक्त स्थानमा उद्धारका निम्ति चितवनबाट ३५ जना सशस्त्र प्रहरी र विपद् व्यवस्थापन तालिम शिक्षालयबाट सातजना गोताखोरसहित २० जना परिचालन भएको प्रहरीको भनाइ छ। पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध रहेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार दुईवटै बस नदीमा डुबेको छ भने यात्रुहरूको अवस्था अज्ञात रहेको छ। बसमा  ४०-४२ जना यात्रु भएकाे प्रहरीको अनुमान छ।

प्रकाशित: २८ असार २०८१ ६:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =