तपाईंको आज : कुन राशिबाट कस्ताे लाभ?

हिमाल प्रेस २८ असार २०८१ ५:४६
418
SHARES
तपाईंको आज : कुन राशिबाट कस्ताे लाभ?

आज मिति २०८१ आषाढ २८ शुक्रबार। तदनुसार २०२४ जुलाई १२। असार शुक्ल षष्ठी तिथि। पञ्चाङ्ग: परिधि तैतल उत्तर। आज पूर्वकाे प्रसिद्ध शक्तिपीठ पाथीभरा माताकाे दर्शन गर्नाले साेचेकाे पुग्ने धार्मिक विश्वास छ। यस्ताे छ तपाईंको राशिफल।

मेष राशि :  सोचेको भन्दा आम्दानी बढ्ने देखिन्छ। परिवारको सहयोग मिल्नेछ। नयाँ ज्ञान प्राप्त हुने योग छ। व्यापारबाट लाभ मिल्नेछ।

वृष : नयाँ काम गर्ने अवसर मिल्नेछ। सामाजिक मानसम्मान र प्रतिष्ठा बढ्नेछ। जागिरमा पदोन्नति हुनेछ। राजनीतिमा आफ्नो वर्चस्व बढाउन सकिनेछ।

मिथुन : परोपकारी काममा रुचि बढ्नेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। साथीभाईसँग रमाइलोमा समय बित्नेछ।

कर्कट : सहयोगीहरूले काममा साथ दिनेछन्। आँटेका काम पनि सजिलै बन्नेछन्। कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ।

सिंह : साथीभाईसँग भेट हुँदा मन प्रसन्न रहनेछ। व्यापारमा प्रसस्त लाभ मिल्नेछ। पारिवारिक सम्बन्धमा सुधार आउनेछ।

कन्या : टाढाको यात्रा गर्ने मौका छ। दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ। पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ।

तुला : व्यापारमा प्रशस्त फाइदा हुने योग रहेकोछ। दाम, नाम, इनाम हात पर्ने बेला छ। श्रमको उचित मूल्यांंकन हुनेछ। पढाइमा पनि प्रगति हुने समय छ।

वृश्चिक : व्यापारबाट प्रसस्त लाभ मिल्नेछ। आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। पढाइ लेखाइमा प्रगति हुनेछ।

धनु : रोकिएका अधुरा कामहरु सुचारु हुनेछन्। धेरैले तपाईंका कामको तारिफ गर्नेछन्। लामो समयपछि साथीभाईसँग भेट हुँदा मन प्रसन्न रहनेछ।

मकर : समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने बेला छ। स्वास्थ्यमा सुधार आउनेछ। धार्मिक काममा व्यस्त रहनुपर्नेछ। रमाइलोमा समय बित्नेछ।

कुम्भ : सुखदु:खमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। आफन्तको सहयोगले महत्त्वपूर्ण काम सफल हुनेछन्। परिवारजनको साथले नयाँ आशा पलाउनेछ।

मीन : सोचेको आटेको काम बन्नेछन्। व्यवसायमा थप लगानी बढाउन सकिनेछ। वैदेशिक कामकाजमा फाइदा होला। मनको डर उत्साहमा बदलिने छ।

प्रकाशित: २८ असार २०८१ ५:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 9 =