मोरङमा एक पुरुषको हत्या

हिमाल प्रेस २७ असार २०८१ १३:४८
18
SHARES
मोरङमा एक पुरुषको हत्या

इटहरी- मोरङमा एक पुरुषको हत्या भएको छ। आज जिल्लाको सुन्दरहरैँचा ९ स्थित कुखुरा फार्म सञ्चालकको हत्या भएको हो। स्थानीय ४९ वर्षीय सहदेव बजगाईंको हत्या भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए। घर नजिक कुखुरा फार्म सञ्चालन गर्दै आएका बजगाईंको फार्मभित्रै हत्या भएको उनले बताए।

बस्नेतका अनुसार मृत अवस्थामा भेटिएका उनको टाउको र शरीरका अन्य विभिन्न भागमा क्षतविक्षत अवस्था रहेको छ। बजगाईंले खुकुरा फार्ममा काम गर्नका लागि एक दम्पतीलाई राखेको र हाल भने दम्पती फरार रहेको उनले बताए।

डीएसपी बस्नेतले भने, ‘हत्या गरेर दम्पती फरार बनेको हुनसक्ने आशंका छ। हामीले उनीहरूको खोजीसँगै प्रारम्भिक अनुसन्धान सुरु गरेका छौँ।’ घटनास्थलबाट एउटा बन्चरो र दाउसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित: २७ असार २०८१ १३:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − one =