सुनको भाउ बढ्यो

हिमाल प्रेस २७ असार २०८१ ११:४१
4
SHARES
सुनको भाउ बढ्यो

काठमाडौँ- सुनको भाउ तोलामा आज ८ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ४४ हजार १ सय रुपैयाँ रहेको सुन आज १ लाख ४४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि साताको पहिलो दिन आइतबार सुनको भाउ हालसम्मकै उच्च १ लाख ४५ हजार ४ सय रुपैयाँ पुगेको थियो। चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले बढेको छ। अघिल्लो दिन प्रतितोला १ हजार ८ सय ७० रुपैयाँ रहेको चाँदी आज १ हजार ८ सय ८५ रुपैयाँ कारोबार भइरहेकोे महासंघले जनाएको छ।

प्रकाशित: २७ असार २०८१ ११:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + fifteen =