२३० भन्दा बढी म्यानपावरको ‘लाइसेन्स’ खोसिँदै

हिमाल प्रेस २७ असार २०८१ ११:४४
114
SHARES
२३० भन्दा बढी म्यानपावरको ‘लाइसेन्स’ खोसिँदै

काठमाडौँ- सरकारले ५८४ वटा म्यानपावरमध्ये २३० बढीको लाइसेन्स रद्द हुने भएको छ।  वैदेशिक रोजगार विभागको कामकारबाही तथा खारेजीमा परेकाको लाइसेन्स रद्द गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सिफारिस गरेको हो।

वैदेशिक रोजगार ऐनमा खारेज तथा कारोबार रोक्का गरिएका म्यानपावरले तत्काल वैदेशिक रोजगारीमा कामदार पठाउने नपाउने व्यवस्था छ। विभागका एक कर्मचारीका अनुसार हाल खारेज र काम कारबाही रोक्का भएका म्यानपावरमध्ये दुई सय ३० वटाभन्दा धेरै म्यानपावरले ठूलो गल्ती र उच्च ठगी गरेको भेटिएको थियो।

‘श्रममन्त्रीले निष्पक्ष रूपमा अध्ययन र अनुसन्धान गर्नुभयो भने २३० म्यानपावरको आगामी साउन पहिलो साता नै लाइसेन्स रद्द हुन्छ,’ विभागका एक कर्मचारी बताउँछन्। वैदेशिक रोजगार ऐनमा म्यानपावरको इजाजत रद्द गर्ने विभागले श्रममन्त्रीलाई सिफारिस गर्नुपर्ने व्यवस्था छ। श्रममन्त्री म्यानपावरको वास्तविक घटनाको अध्ययन गरेर म्यानपावरको लाईसेन्स रद्दको स्वीकृति दिनुपर्ने ऐनमा व्यवस्था छ।

वैदेशिक रोजगार ऐनमा म्यानपावर कम्पनीले स्वीकृति नलिई कामदार पठाएका, सरकारले खुला नगरेका देश मा कामदार पठाएका, नाबालिगलाई वैदेशिक रोजगारमा पठाएका, लिखत वा प्रतिवेदन लुकाएमा वा हेरफेर गरेका कम्पनी खारेज तथा कारोबार रोक्का गरिएको विभागले जनाएको छ। विभागमा दर्ता भई इजाजत पत्र लिएका तर वैदेशिक रोजगार ऐन विपरीत काम गर्ने ५८४ म्यानपावरलाई खारेज तथा कारोबार रोक्का गरिएको वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए।

उनका अनुसार अनुमतिबिना शाखा कार्यालय खोलेका, विज्ञापन प्रकाशन नगरेका, छनौट सूची प्रकाशन नगरेका, रकम फिर्ता गर्न वा क्षतिपूर्ति दिन इन्कार गरेका पनि खारेज तथा कारोबार रोक्कामा परेका छन्। व्यक्तिगत रूपमा कामदार पठाएका, प्रवेशाज्ञा शुल्क, सेवा शुल्क तथा प्रवर्द्धन खर्च बढी लिएका, आदेश वा निर्देशन पालना नगरेका, करार विपरीत रोजगारदाता देशमा कामदारलाई काममा पठाएको र कामदारसँग अवैधरूपमा पैसा लिने म्यानपावरमको काम कारबाही रोक्कादेखि इजाजत पत्र खारेज गर्नेसम्मको कारबाही गर्नुपरेको उनको दाबी छ।

नेपाली कामदारलाई वैदेशिक रोजगारीमा पठाउनका लागि १ हजार ६ सय ४ म्यानपावर कम्पनी वैदेशिक रोजगार विभागमा दर्ता भएका छन्। जसमा ९ सय ८२ म्यानपावर कम्पनी मात्रै कानुनी रूपमा सक्रिय रहेको विभागले जनाएको छ।

खारेजी र काम कारबाही रोक्का गरिएका म्यानपावरको लिष्ट

प्रकाशित: २७ असार २०८१ ११:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + ten =