उपेन्द्रले टुंग्याए जसपा नेपालको केन्द्रीय समितिको नामावली [सूचीसहित]

हिमाल प्रेस २७ असार २०८१ १०:३३
854
SHARES
उपेन्द्रले टुंग्याए जसपा नेपालको केन्द्रीय समितिको नामावली [सूचीसहित] जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव।

काठमाडौँ- उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले केन्द्रीय सदस्यहरूको नाम टुंग्याएको छ। गएको असार २८ मा सम्पन्न महाधिवेशनबाट केन्द्रीय समिति नटुंगिने देखेपछि महाधिवेशन स्थगित भएको थियो। जसपा अध्यक्षसहित नौ जना कार्यकारिणी समिति सदस्य तोकिएका छन्।

उपेन्द्रले केन्द्रीय शीर्ष नेतासँग परामर्श गरेर केन्द्रीय समिति टुंग्याएका हुन्। २१५ जनाको नामावली सार्वजनिक गरिएको छ। महाधिवेशनबाट अध्यक्षमा उपेन्द्र चुनिए पनि अन्य पदमा आकांक्षी बढेपछि महाधिवेशन रोकिएको थियो। उपेन्द्रपछिको दोस्रो वरीयतामा रकम चेम्जोङ परेका छन्। उनी सह अध्यक्षका आकांक्षी थिए। त्यसबेला एकै पदमा एकभन्दा बढी नेताले आकांक्षा देखाएका थिए।

अध्यक्षबाहेकका पदमा नेताहरुबीच तीव्र प्रतिस्पर्धा थियो। जसपा नेपालमा २१ जना पदाधिकारीसहित दुई सय एक सदस्यीय केन्द्रीय समिति चयन हुनेछ। एकजना सहअध्यक्ष पदका लागि राजकिशोर यादव, लालबाबु राउत र रकम चेम्जोङले उम्मेदवारी दर्ता गराएका थिए। यस्तै चारजना पुरुष उपाध्यक्षका लागि मृगेन्द्रकुमार सिंह यादव, हरिनारायण यादव, सरोजकुमार यादव, अर्जुन थापा, अमरेशनारायण झा, मो खालिद, गोविन्द चौधरी, आङ्देङ शेर्पा, प्रकाश अधिकारी, विद्युत् बज्राचार्य, शिवलाल थापामगरसहितका १७ जनाले मनोनयन दर्ता गराएका थिए।

एक जना महिला उपाध्यक्ष पदका लागि रेखा यादव, लीलादेवी सिटौला, शोभा देवी, सुनी लामा, सविता यादव र राधा थापा गरी छ जनाले उम्मेदवारी दिएका थिए। दुई सय एक पदका लागि तीन सय भन्दा बढीको उम्मेदवारी परेको थियो। मतदानबाट चयन गर्दा एउटै भूगोल र समुदायको मात्र चयन हुने भएकाले पार्टीलाई समावेशी बनाउनका लागि सहमतिबाट नेतृत्व चयन गर्नुपर्ने घोषणा अध्यक्ष यादवले गरेका थिए।

प्रकाशित: २७ असार २०८१ १०:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − thirteen =