अवैध काठ सुनसरीबाट नियन्त्रण

हिमाल प्रेस २७ असार २०८१ ७:२७
6
SHARES
अवैध काठ सुनसरीबाट नियन्त्रण अवैध काठ बोकेको ट्रक।

इटहरी- अवैध रूपमा ल्याएको ठूलो परिमाणको काठ सुनसरीबाट नियन्त्रणमा लिइएको छ। डिभिजन वन कार्यलय सुनसरीले अवैधरूपमा ल्याएको आशंकामा चारवटा ट्रकमा लोड गरिएको ठूलो परिमाणको खयरको काठ नियन्त्रणमा लिएको हो।

रामेछापबाट लोड गरी सुनसरीको धरानस्थित सूर्य कत्था उद्योगको नाममा ल्याइएको उक्त परिमाणको काठ मंगलबार राति नियन्त्रणमा लिइएको डिभिजन वन कार्यलय सुनसरीका प्रमुख धर्मनाथ यादवले जानकारी दिए। रामेछापबाट लोड गरेर ल्याइएको बाप्र ०१–००६ ख २१११, बाप्र ०१–००६ ख ३३४९, मप्र ०३–००२ ख ००९५ र कप ०२–००१ ख ०४१९ नम्बरको ट्रकलाई नियन्त्रणमा लिइएको यादवले जनाए।

धरानस्थित वन कार्यलयमा राखेर अनुसन्धान भइरहेको यादवले बताए। चार वटा ट्रकमा लोड गरेर ल्याइँदै गरेको ३२ लाख मूल्य बराबरको ९८९.३२ किवि खयरको काठ डिभिजन वन कार्यालय रामेछापले नै शंकास्पद देखिएको जानकारी दिएपछि नियन्त्रणमा लिएर अनुसन्धान थालिएको यादवले बताए।

ती ट्रकहरू अवैधरूपमा सुनसरी भित्रिएको सूचना पाएपछि वन कार्यलय सुनसरी र प्रहरीलाई नियन्त्रणमा लिन आफूले निर्देशन दिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए। उनका अनुसार उक्त ट्रकभित्र रहेका काठ बीच बाटोमै सिल खोलिएको पाइएपछि अनुसन्धानको लागि नियन्त्रणमा लिइएको हो।

प्रकाशित: २७ असार २०८१ ७:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 12 =