विन्दवासिनी सहकारी ठगी प्रकरण : हालसम्म १७ जना पक्राउ, १४ अझै फरार

हिमाल प्रेस २६ असार २०८१ १९:१९
56
SHARES
विन्दवासिनी सहकारी ठगी प्रकरण : हालसम्म १७ जना पक्राउ, १४ अझै फरार

पोखरा- विन्दवासिनी बचत तथा ऋण सहकारी संस्थाको करिब ८ करोड रकम हिनामिना, अपचलन एवं ठगी गरेको कसूरमा हालसम्म १७ जना पक्राउ परेका छन्। १४ जना अझै फरार छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार २ दिनयता तीन प्रतिवादी पक्राउ परेका छन्। बुधबार पक्राउ पर्नेमा सहकारीका पूर्व लेखा समिति सदस्य पोखरा १४ औद्योगिक क्षेत्र निवासी ४० वर्षीय हरिप्रसाद अधिकारी हुन्।

मंगलबार मात्रै सहकारीका पूर्व सञ्चालक समिति सचिव ४६ वर्षीय किरण कपाली र पूर्व लेखा समिति संयोजक जिल्ला संयोजक ४५ वषीृय बुद्धिसागर ढकाल पक्राउ परेका थिए। उनीहरू दुवै जना पोखरा-१७, बिरौटा निवासी हुन्। उनीहरूलाई जिल्ला अदालत उपस्थित गराइएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको सूचना अधिकारी डिएसपी वसन्तकुमार शर्माले जानकारी दिए। पोखरा-९, न्यूरोडस्थित उक्त सहकारीका सञ्चालक समितिका पदाधिकारीहरू समेतले निक्षेपकर्ताको बचत रकम फिर्ता नगरी ठगी गरेको मुद्दा जिल्ला अदालतमा विचाराधीन छ।

प्रकाशित: २६ असार २०८१ १९:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 1 =