राजीनामा स्वीकृत नभएपछि जिम्मेवारीमै फर्किइन् राप्रपा नेत्रृ अन्जना शाह

हिमाल प्रेस २६ असार २०८१ ८:२८
264
SHARES
राजीनामा स्वीकृत नभएपछि जिम्मेवारीमै फर्किइन् राप्रपा नेत्रृ अन्जना शाह

काठमाडौँ- पार्टीभित्रको अन्तरविरोधको असन्तुष्टिले साधारण सदस्य समेत नरहनेगरी राप्रपाबाट बाहिरिएकी नेत्रृ अन्जना शाह रावल अन्तत: पार्टीमै फर्किएकी छन्। शीर्ष नेताहरूले राजीनामा नदिन गरेको आग्रह र विषम परिस्थितिलाई ध्यानमा राख्दै आफू जिम्मेवारीमा फर्किएको शाहले जनाएकी छन्।

‘मलगायत मेरो परिवार सम्पूर्ण साधारण सदस्य समेत नरहनेगरी राजीनामा दिएका थियौँ। तर पूर्वअध्यक्ष पशुपति शमशेर जबरा र डा‍. प्रकाशचन्द्र लोहनीलगायतको आग्रहमा पार्टीमा फर्किन लागेकी छु।’ उनले भनेकी छन्, ‘देशभरीका साथीहरूको आग्रह र हिन्दु राष्ट्र, राजासहितको प्रजातन्त्रको आगाध मायाले सक्रिय बन्न लागेकी हुँ।’

उनले आगामी दिनमा विगतमा जस्तै सक्रिय भएर पार्टीगत काममा लाग्ने प्रतिवद्धता जनाएकी छन्। केही समयअघि मात्रै पार्टीभित्रको असन्तुष्टिले शाहले पार्टी त्यागेकी थिइन्। । उनले राप्रपाका महामन्त्री तथा सचिवालय प्रमुख राजेन्द्र गुरुङलाई सम्बोधन गरेर राजीनामा बुझाएकी थिइन्। उनी महिला संगठनकी अध्यक्ष हुन्।

आफूलाई संगठनभित्रैबाट असहयोग गरेको आरोप लगाउँदै उनले पार्टी छाडेकी थिइन्। उनी गत वैशाख २५ गते काठमाडौंमा भएको महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएकी हुन्। जिल्ला अधिवेशनहरू र केन्द्रीय अधिवेशन गरी उनी अध्यक्षमा निर्वाचित भएकी उनी एक्लो संगठनकी अध्यक्ष थिइन्।

महिला संगठनकी अध्यक्ष अञ्जना शाह राप्रपाबाट अलग

प्रकाशित: २६ असार २०८१ ८:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 15 =