विपद् : ८० जनाको मृत्यु, पाँच बेपत्ता

हिमाल प्रेस २५ असार २०८१ २१:०६
40
SHARES
विपद् : ८० जनाको मृत्यु, पाँच बेपत्ता सांकेतिक तस्बिर

काठमाडौँ- अविरल वर्षापछिको बाढी, पहिरोलगायत विपदबाट आज (मंगलबार) सम्म ८० जनाको मृत्यु भएको छ।

गत जेठ २८ देखि हालसम्म काठमाडौँ उपत्यकामा एक, कोशीमा १९, मधेशमा तीन, बागमतीमा चार, गण्डकीमा २२, लुम्बिनीमा २०, कर्णालीमा चार र सुदूरपश्चिम प्रदेशमा सात जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

मौसमजन्य विपद्मा परी पाँच जना बेपत्ता तथा ९७ जना घाइते भएका छन्। बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। विपद्मा फसेका ५३ जनाको उद्धार गरिएको छ।

बाढीका कारण एक सय ६१ घर डुबानमा परेका छन्। एक सय ३८ घर, ५४ गोठ, ४१ पुल, एउटा विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको प्रहरी प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिए। उक्त अवधिमा विपद्का घटनाबाट दुई हजार सात सय ६४ घर परिवार विस्थापित भएका छन्।

प्रकाशित: २५ असार २०८१ २१:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − eleven =