रास्वपाले फुकुवा गर्‍यो कोशीका महामन्त्रीको निलम्बन

हिमाल प्रेस २५ असार २०८१ २०:३८
92
SHARES
रास्वपाले फुकुवा गर्‍यो कोशीका महामन्त्रीको निलम्बन रास्वपा केन्द्रीय कार्यालय । फाइल तस्बिर।

इटहरी- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी कोशी प्रदेशका महामन्त्री लालविक्रम थापाको निलम्बन फुकुवा गरेको छ। पार्टीको केन्द्रीय अनुशासन आयोगले असार २५ गतेदेखि लागू हुने गरी कोशी प्रदेशका महामन्त्री थापाको कारबाही फुकुवा गरेको हो।

केन्द्रीय अनुशासन आयोगका प्रमुख डा. भरतमणि देवकोटाद्वारा जारी पत्रअनुसार गत फागुन २३ गरिएको कारबाही फुकुवा गरी सोही पदमा पदस्थापन गरिएको छ। थापालाई इटहरीमा रहेको जनता माध्यमिक विद्यालयको जग्गा भाडामा लिएर पैसा नतिरेको विषयमा निलम्बनमा परेका थिए। विद्यालयको जग्गा भाडामा लिएर पैसा नतिरेको भन्दै विद्यालयले थापालाई पटकपटक पत्र पठाए पनि पैसा नतिरेको घटना बाहिरिएसँगै उनलाई कारबाही गरिएको हो। तर मंगलबार पुनः अनुशासन आयोगले थापाको कारबाही फुकुवा गरेको जनाएको हो।

केन्द्रमा भने महामन्त्री मुकुल ढकाललाई पार्टीले पदमुक्त गरेको छ। पार्टीको आचारसंहिता उल्लंघन गरेको र पार्टीलाई क्षतिसमेत पुर्‍याएको भन्दै रास्वपाले ढकाललाई कारबाही गरेको हो।

प्रकाशित: २५ असार २०८१ २०:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =