पहिलो अभ्यास खेलमा नेपाल पराजित

हिमाल प्रेस २५ असार २०८१ १७:३५
56
SHARES
पहिलो अभ्यास खेलमा नेपाल पराजित

काठमाडौँ- नेपाली महिला टोलीले श्रीलंका क्रिकेट संघको महिला विकास टोलीविरुद्धको पहिलो अभ्यास खेलमा मंगलबार ३३ रनको पराजिय ब्यहोरेको छ।

वर्षाले प्रभावित खेलमा नेपालले १५ ओभरमा ९६ रनको नयाँ लक्ष्य प्राप्त गरेको थियो। उक्त लक्ष्य पछ्याउन क्रममा नेपालले पूरै ओभर ब्याटिङ गरे पनि नौ विकेट गुमाउँदै ६३ रन मात्र बनाउन सक्यो। नेपालका लागि रुबिना क्षेत्रीले १७ र सीता रानामगरले ११ रन बनाए। श्रीलंकाका लागि दिवमी भिहान्गाले तीन र एम शिहानीली दुई विकेट लिए।

त्यसखअघि टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकन टोलीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ११८ रनको लक्ष्य प्राप्त गरेको थियो। श्रीलंकन टोलीका लागि दुल्हानी र नुथयान्गानाले समान २७ रन बनाए।

नेपालका लागि सबनम राईले तीन र राजमति ऐरीले एक विकेट लिए।

नेपालले एसिसी महिला एसिया कपको तयारी स्वरुप श्रीलंका क्रिकेट संघको महिला विकास टोलीविरुद्ध अभ्यास खेल खेलिरहेको हो। दोस्रो अभ्यास खेल बुधबार हुनेछ।

प्रकाशित: २५ असार २०८१ १७:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 12 =