कर्णाली राजमार्ग एकतर्फी खुल्यो

हिमाल प्रेस २५ असार २०८१ १७:०६
22
SHARES
कर्णाली राजमार्ग एकतर्फी खुल्यो फाइल तस्बिर।
मान्म (कालीकोट)-  अवरुद्ध कर्णाली राजमार्ग एकतर्फी खुलेको छ। गत शुक्रबारदेखि बन्द यो बाटो आज अपराह्नदेखि कतर्फी खुला भएको हो।
जिल्लाको शुभकालिका गाउँपालिका–१ मा गगनेखोलामा पहिरो पन्छाएपछि सडक एकतर्फी खुला भएको जुम्लास्थित डिभिजन सडक कार्यालयले जनाएको छ। राजमार्गको पहिरो पन्छाएपछि एकतर्फी रुपमा सवारीसाधनका निम्ति खुला गरिएको उक्त कार्यालयका प्रमुख चेतनकुमार मण्डलले जानकारी दिए।
प्रकाशित: २५ असार २०८१ १७:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 13 =