काभा यू-२० महिला भलिबलमा नेपालको पहिलो खेल श्रीलंकासँग

हिमाल प्रेस २५ असार २०८१ १६:२०
32
SHARES
काभा यू-२० महिला भलिबलमा नेपालको पहिलो खेल श्रीलंकासँग

काठमाडौँ- माल्दिभ्समा हुने काभा यू-२० महिला भलिबल च्याम्पियनशिपमा नेपालले आफ्नो पहिलो खेल श्रीलंकासँग खेल्ने भएको छ। सेन्ट्रल एशियन भलिबल एसोसोएशन (काभा) ले मंगलवार सर्वाजनिक गरेको तालिकाअनुसार उक्त खेल जुलाई १८ मा हुनेछ।

नेपालले जुलाई १९ मा किर्गिस्तान र जुलाई २० मा आयोजक माल्दिभ्ससँग खेल्नेछ। प्रतियोगितामा सहभागी सबैले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ। नेपाल भलिबल संघले प्रतियोगिताका लागि १२ सदस्यीय नेपाली टोली घोषणा गरिसकेको छ। टोलीको मुख्य प्रशिक्षकमा कुमार राई, सहायक प्रशिक्षकमा अर्जुन घिमिरे र व्यवस्थापकमा जुनु पुन छन्।

नेपाली टोली साउन १ गते (जुलाई १६) मा माल्दिभ्स जानेछ।

नेपाली टोली

जेनिशा विक, अनिशा मानन्धर, एन्जिला मानन्धर, निशा महर, सलिना बुढामगर, भावना तामाङ, निशा चौधरी, अनुषा चौधरी, मिना सुनार, आरती चौधरी, स्नेहा ठगुन्ना, आशिका क्षेत्री

प्रकाशित: २५ असार २०८१ १६:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 10 =