पार्टीको कारबाहीपछि मुकुलको प्रतिक्रिया : रवि लामिछाने क्लबबाट निष्काशित भएको हुँ

हिमाल प्रेस २५ असार २०८१ १२:५४
90
SHARES
पार्टीको कारबाहीपछि मुकुलको प्रतिक्रिया : रवि लामिछाने क्लबबाट निष्काशित भएको हुँ मुकुल ढकाल । रास्वपा

काठमाडौँ- पार्टी अनुशासन आयोगको सिफारिसमा राष्ट्रिय स्वतन्त्र पार्टीको पदीय जिम्मेवारीमुक्त भएका मुकुल ढकालले आफू रवि लामिछाने क्लबबाट मात्रै निष्काशित भएको प्रतिक्रिया दिएका छन्। आजमात्रै रास्वपाको बैठकले उनीमाथि कारबाही गर्दै साधारण सदस्यबाहेकका सबै पदीय जिम्मेवारीबाट हटाएको थियो।

‘रवि लामिछाने क्लबबाट निष्काशित भएको हुँ। राष्ट्रिय स्वतन्त्र पार्टी भित्र घण्टी बज्न रोकिँदैन,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘रविको पार्टीबाट राष्ट्रीय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन । बाँकी कुरा भोलि।’

रवि लामिछाने रास्वपाका पार्टी सभापति हुन्।

मुकुल ढकालमाथि रास्वपाले गर्‍यो कारबाही, खोसियो सबै पदीय जिम्मेवारी

 

प्रकाशित: २५ असार २०८१ १२:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =