मुकुल ढकालमाथि रास्वपाले गर्‍यो कारबाही, खोसियो सबै पदीय जिम्मेवारी

हिमाल प्रेस २५ असार २०८१ १२:४७
118
SHARES
मुकुल ढकालमाथि रास्वपाले गर्‍यो कारबाही, खोसियो सबै पदीय जिम्मेवारी

काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका निलम्बित महामन्त्री मुकुल ढकालमाथि कारबाही गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसेको बैठकले ढकाललाई पार्टीको साधारण सदस्यमात्रै रहने गरी कारबाही गरेको रास्वपाका सहप्रवक्ता मनिष झाले जानकारी दिए।

उनका अनुसार उनको अन्य पदीय जिम्मेवारी पनि खोसिएको छ। ढकाल रास्वपाको महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य थिए। यसअघि उनीमाथि पार्टीको अनुशासन आयोगले छानबिन गरेको थियो। ‘पार्टीको केन्द्रीय अनुशासन आयोगको सिफारिसअनुसार उहाँलाई पदमुक्त गरिएको छ’ झाले भने।

पार्टी तथा पार्टी सभापतिविरुद्ध बाहिर अनावश्यक टिप्पणी गरेको, पार्टीमा गम्भीर क्षति पुर्‍याएको भन्दै उनलाई रास्वपाले कारबाही गरेको हो। उनले पार्टी सभापति तथा पार्टीको नीतिविरुद्ध केन्द्रीय समिति बैठकमा उत्रिएका थिए। उनले आफूले ३९ जिल्ला पुगेर नेता कार्यकर्तासँग कुरा गरेर तयार पारेको प्रतिवेदनमा सभापतिमाथि गम्भीर आरोपहरू लगाएका थिए। त्यस बैठकमा उनी मुखमा मास्क र त्यसमाथि कालो टेप लगाएर उपस्थित भएका थिए। उनले पेस गरेको प्रतिवेदन पनि सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले पढेका थिए।

पार्टी पदाधिकारी बैठकले पनि उनीमाथि कारबाही गर्ने निर्णय सर्वसम्मत गरेको थियो।

प्रकाशित: २५ असार २०८१ १२:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =