कीर्तिमानबाट लगातार ओरालोतर्फ सुन

हिमाल प्रेस २५ असार २०८१ ११:५४
8
SHARES
कीर्तिमानबाट लगातार ओरालोतर्फ सुन

काठमाडौँ- नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्य घटेको छ। अघिल्लो दिन चार सय रुपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला नौ सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४४ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ४५ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो। यसअघि आइतबार प्रति तोला एक लाख ४५ हजार चार सय रुपैयाँमा कारोबार सुन कारोबार भएको थियो। आइतबारको मूल्य नै हालसम्मकै बढी हो। त्यसपछि सुन लगातार ओरालो लाग्दैछ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला १८ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १८ सय ८५ रुपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ६६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: २५ असार २०८१ ११:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =