पोखराका शिक्षासेवी शंकर गौतमको निधन

हिमाल प्रेस २५ असार २०८१ ८:१६
2
SHARE
पोखराका शिक्षासेवी शंकर गौतमको निधन शंकर गौतम

पोखरा- पोखराका शिक्षासेवी एवं समाजसेवी शंकर गौतमको ६७ वर्षको उमेरमा सोमबार निधन भएको छ।

केही महिनादेखि उच्च रक्तचाप र जण्डिसबाट पीडित उनको उपचारका क्रममा निधन भएको हो। कास्की, काठमाडौं लगायतका जिल्लामा पूर्व जिल्ला अधिकारी भएर सेवा गरेका उनी पोखरा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा समेत कार्यकारी निर्देशक भएर काम गरेका थिए।

पोखरा–२० भलाममा जन्मिएका गौतमको परिवार हाल बाटुलेचौरमा बस्दै आएको छ। उनको मंगलबार बिहान पोखरा–१६ स्थित निवासबाट शवयात्रासहित अन्त्येष्टि गरिने परिवारजनले जनाएको छ। यसैबीच, पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले गौतमको निधनप्रति दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन्।

टग अफ वार कास्की अध्यक्ष भएर काम गरेका उनको खेलकुदमा निकै रुची थियो। उनलाई सबैले निकै शालीन व्यक्तित्वको रूपमा चिन्थे। उनका आमा, श्रीमती, छोराबुहारी र २ छोरी छन्। पिता तेजबहादुर भलामका तत्कालीन प्रधानपञ्च तथा पूर्वगाविस अध्यक्ष थिए।

प्रकाशित: २५ असार २०८१ ८:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − two =