एमालेले हेरफेर गर्दैछ प्रदेश र जिल्ला इञ्चार्ज

हिमाल प्रेस २५ असार २०८१ ७:३५
56
SHARES
एमालेले हेरफेर गर्दैछ प्रदेश र जिल्ला इञ्चार्ज फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेले प्रदेश र जिल्ला इञ्चार्जलाई हेरफेर गर्ने भएको छ। आज बस्ने सचिवालय बैठकले उनीहरूलाई फिर्ता लिनेछ।

अहिलेसम्म प्रदेश इञ्चार्जको जिम्मेवारी एमालेले केन्द्रीय सचिवहरूलाई दिएको थियो। जिम्मेवारी दिएको एक वर्षपछि एमालेले हेरफेर गर्न लागेको हो। यस्तै जिल्ला इञ्चार्जहरू पनि आज फेर्ने सम्भावना रहेको एमाले पार्टी कार्यालय सचिव भिष्म अधिकारीले जानकारी दिए। आज बैठक दिउँसो एक बजे पार्टी कार्यालयमा बस्नेछ।

त्यस्तै पार्टीको २०८१ को कार्ययोजना लागू गर्ने विषयमा पनि आज बैठकले लिनेछ। एमालेले २०८१ भरि संगठन शुद्धीकरण र सुदृढीकरण अभियान चलाउने निर्णय गरेको छ। त्यो अभियानको थालनीबारे पनि सचिवालय बैठकले निर्णय गर्नेछ।
अब बन्ने सरकारको नेतृत्वका विषयमा पनि अध्यक्ष केपी शर्मा ओलीले बिफ्रिङ गर्नेछन्। एमालेबाट बन्ने मन्त्रीको पनि मापदण्ड बनाउने कार्यसूची रहेको अधिकारीले जानकारी दिए। अब बन्ने सरकारमा मन्त्री बन्न एमालेमा लबिङ गर्नेको लर्को छ। यही कारण एमालेले मापदण्ड बनाउन लागेको हो।

प्रकाशित: २५ असार २०८१ ७:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − two =