रास्वपाले गर्ला मुकुल ढकाललाई कारबाही?

हिमाल प्रेस २५ असार २०८१ ६:५२
18
SHARES
रास्वपाले गर्ला मुकुल ढकाललाई कारबाही?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक मंगलबार बिहान बस्दैछ। पार्टी केन्द्रीय कार्यालय चःमतिमा बिहान ८ बजे बस्ने बैठकमा निलम्बित महामन्त्री डा मुकुल ढकालमाथिको अनुशासनको कारबाहीबारे छलफल हुने कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

उनका अनुसार पार्टीको अनुशासन आयोगले डा ढकालमाथिको अनुशासनात्मक कारबाहीको प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाइसकेको छ। त्यसबारे आइतबार बसेको सचिवालय बैठकमा प्रारम्भिक छलफल भएको उनले बताए।

समीक्षा यात्राको प्रतिवेदन मिडियामा चुहाएकोबारे गत असार १४ गते पार्टीको अनुशासन आयोगले डा ढकाललाई सात दिने स्पष्टीकरण सोधेको थियो। त्यो स्पष्टीकरणको जवाफ ढकालले पार्टी कार्यालयमा दर्ता गराएको बताएका छन्। गत असार १९ गते बसेको केन्द्रीय कमिटीको बैठकले ढकाललाई पार्टी महामन्त्रीबाट सात दिनका लागि निलम्बन गरेको थियो। कार्यवाहक महामन्त्री बुर्लाकोटीलाई र प्रवक्ताको जिम्मेवारी मनीष झालाई दिएको थियो।

आजको बैठकले थप कारबाही गर्ने तयारी गरेको एक केन्द्रीय सदस्यले बताए। रास्वपाको आधिकारिक वेभसाइटबाट पनि भुसाललाई हटाइसकिएको छ। रास्वपाका अधिकांश नेताहरू पनि भुसाललाई कारबाही गरेर जानुपर्ने आवाज उठाइरहेको बताइन्छ।

आज बस्ने बैठकले ढकाललाई केन्द्रीय सदस्यको भूमिका मात्रै दिएर महामन्त्रीको जिम्मेवारी अरूलाई नै दिने सम्भावना छ। महामन्त्रीमा रास्वपाका धेरै आकांक्षी छन्।

प्रकाशित: २५ असार २०८१ ६:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + one =