प्रतिनिधिसभामा थारू आयोगको प्रतिवेदन पेस हुँदै

हिमाल प्रेस २५ असार २०८१ ६:३०
6
SHARES
प्रतिनिधिसभामा थारू आयोगको प्रतिवेदन पेस हुँदै

काठमाडौँ- प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारू आयोगको पाँचौँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ। बैठकमा अर्थमन्त्री वर्षमान पुनले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

त्यस्तै बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ‘जलस्रोत विधेयक, २०८१’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।

प्रकाशित: २५ असार २०८१ ६:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 18 =