कोरियामा निधन भएका अधिकारीको परिवारलाई ३० लाख सहयोग

हिमाल प्रेस २४ असार २०८१ १९:५५
56
SHARES
कोरियामा निधन भएका अधिकारीको परिवारलाई ३० लाख सहयोग

सुर्खेत- दक्षिण कोरिया गएको एक हप्ता नबित्दै ज्यान गुमाएका जाजरकोटका हरिचन्द्र अधिकारीको परिवारलाई राहत प्रदान गरिएको छ। कर्णाली प्रदेश दक्षिण कोरियाको संयोजकत्वमा आइतबार पीडित परिवारलाई राहत रकम ३० लाख १६ हजार ९२८ रुपैयाँ हस्तान्तरण गरिएको हो।

जेठ २५ गते कोरियाको ख्याङ्साङनाम्दोको मिर्याङसि कृषि फर्ममा काम गर्ने क्रममा आकस्मिक रूपमा ज्यान गुमाएका अधिकारीको परिवारलाई केही राहत पुगोस् भन्ने उद्देश्यले राहत हस्तान्तरण गरिएको कर्णाली प्रदेश समाज दक्षिण कोरियाले जनाएको छ।

कर्णालीका जिल्लागत संस्था सुर्खेत, दैलेख, सल्यान, कालीकोट, जुम्ला समाज दक्षिण कोरियाले सञ्चालन गरेको अभियानबाट रकम संकलन गरिएको थियो।

संकलित रकमबाट अधिकारीको दुई वर्षीया छोरी सृष्टि अधिकारिको मुद्दति खातामा सुरक्षित शैक्षिक भविष्यका लागि १५ वर्ष सम्म रहने गरी २२ लाख ६० हजार ७९९ र बाँकी रकम निजको पारिवारको खातामा ७ लाख ५६ हजार १२९ जम्मा गरिएको छ। जसअनुसार कर्णाली प्रदेश समाजमार्फत २७ लाख ५७ हजार ५९, हान्वा ओसन नेपाली एकता समाजको खाताबाट २ लाख १२ हजार ८६९, शिव भारतीको खाताबाट ४७ हजार ९२० गरी जम्मा ३० लाख १६ हजार ९२८ नेपाली रुपैयाँ परिवारको खातामा जम्मा गरिएको कर्णाली प्रदेश समाज दक्षिण कोरियाको अध्यक्ष धर्म राज तिवारीले जानकारी दिए।

प्रकाशित: २४ असार २०८१ १९:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =