संविधान संशोधनका लागि पूर्वप्रदेश प्रमुख अहिराजका सुझाव

हिमाल प्रेस २४ असार २०८१ १४:०२
286
SHARES
संविधान संशोधनका लागि पूर्वप्रदेश प्रमुख अहिराजका सुझाव

काठमाडौँ- मधेश प्रदेशका पूर्व प्रमुख राजेश अहिराजले संविधान संशोधनका लागि बुँदागत सुझाव दिएका छन्। उनले संविधान सुधारका लागि भन्दै १३ बुँद्धामा धारणा राखेका छन्। अहिराजका सुझावहरू यस्ता छन्।
१.स्थानीय तह गैर दलीय बनाउने।
२. राष्ट्रियसभा विषयगत विज्ञहरूको प्राज्ञिक सभा (गैरदलीय) बनाउने।

३.समुदाय, जाति र धर्मको आधारमा खोलिएको सबै आयोगहरू एकै साथ खारेज गर्ने।
४.निर्वाचन क्षेत्रलाई समावेशी बनाउने। समानुपातिक प्रणाली पूरै खारेज गर्ने।

५. प्रत्येक जिल्ला बाट प्रदेशमा चार र प्रतिनिधि सभामा बढीमा दुई जना हुनुपर्ने। जनसंख्यालाई प्राथमिकता दिने
६.राजनीतिक नियुक्ति पाएका पूर्व पदाधिकारीहरू आम नेपाली सरहको सुविधामा बस्नुपर्ने।

७. बेरुजु बाकी राखेका र अपराध प्रमाणित भएकालाई निर्वाचनको कुनै तहको उम्मेदवार हुन नपाउने।

८ राष्ट्रपति–उपराष्ट्रपतिमा एक पटक, प्रधानमन्त्रीमा दुई पटक, सांसदमा तीन पटक मात्र बस्न पाउने।

९. प्रदेश ३ (२४-२४) जिल्लाको र प्रत्येक प्रदेशले भारत र चिनको सीमा छुने गरी ( साझा काठमाडौँ उपत्यका )सहितको प्रदेश बनाउने।
१०. संविधानमा नागरिकलाई सम्बोधन गर्ने शब्दमा नेपाली बाहेकका सबै शब्द हटाउने।
११. थ्रेस होल्ड १० प्रतिशत राख्ने।
१२. उपराष्ट्रपति नै राष्ट्रियसभाको अध्यक्ष हुने।
१३.पार्टीको अध्यक्ष र प्रधानमन्त्रीर मन्त्री एकै जना हुन नपाउने।

प्रकाशित: २४ असार २०८१ १४:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =