खोलाले बगाउँदा सुर्खेतमा बालिकाको ज्यान गयो

हिमाल प्रेस २४ असार २०८१ ७:४५
6
SHARES
खोलाले बगाउँदा सुर्खेतमा बालिकाको ज्यान गयो सांकेतिक तस्बिर।

काठमाडौँ- सुर्खेतमा खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ। सिम्ता गाउँपालिका वडा नम्बर ९ की ७ वर्षीया बालिका मनीषा बादीको मृत्यु भएको हो। सिम्ता खोलामा आएको खहरेले बगाउदा बालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। आमासँगै रहेकी मनीषालाई आइतबार दिउँसो ४ बजेतिर बगाएको थियो।

उनको शव तामाधारीनजिकै खोला किनारामा भेटिएको प्रहरीले जनाएको छ।

 

प्रकाशित: २४ असार २०८१ ७:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − eight =