एमालेले भन्यो : असार २८ गतेसम्म मन्त्रालय भागबन्डा टुंगिन्छ

हिमाल प्रेस २३ असार २०८१ १७:३४
86
SHARES
एमालेले भन्यो : असार २८ गतेसम्म मन्त्रालय भागबन्डा टुंगिन्छ एमाले प्रमुख सचेतक महेश बर्तौला

काठमाडौँ- नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले नयाँ सरकार गठनका लागि केही समय लाग्ने बताएका छन्।

आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी बर्तौलाले कांग्रेससँगको समझदारी अनुसार पहिलो चरणमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने भएपनि मन्त्रालय भागबन्डाको विषयचाहिँ टुङ्गोमा पुगिनसकेको बताए।

उनले कांग्रेससँग प्रारम्भिक छलफल भएपनि राष्ट्रिय सहमतिको सरकार गठनका लागि आह्वान गरिएकाले कांग्रेससहितका अन्य राजनीतिक दलहरूसँग फेरि छलफल गरेर मात्रै मन्त्रालयको भागबन्डामा टुङ्गो लगाउने बताए।

प्रमुख सचेतक बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी असार २८ गते विश्वासको मत लिने भएकाले सोही दिन बेलुकासम्म मन्त्रालयको भागबन्डा टुङ्गो लगाउने गरी काँग्रेस सहितका दलहरूसँग छलफल हुने बताए।

प्रमुख सचेतक बर्तौलाले राष्ट्रिय सहमतिको सरकार बनाउने भएकाले पनि मन्त्रालय भागबन्डाको विषय टुङ्गिन केही समय लाग्ने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 20 =