काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले लडाकु शिविर घोटालाको फाइल खोल्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई चुनौती दिएका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै प्रमुख सचेतक शाहीले जीबी राईलाई पक्राउ गरेर ल्याउन पनि आग्रह गरे । अझै सरकारको ७ दिन बाँकी रहेको भन्दै उनले योबीचमा भ्रष्टाचारका फाइलहरू खोलेमा आफूहरूको साथ र समर्थन रहने बताए ।
उनले सुकुम्बासीहरूलाई खोला किनाराबाट हटाउन काठमाडौं महानगरपालिकाले पत्र पठाएर गृहमन्त्रीलाई पटक–पटक आग्रह गरे पनि प्रहरी नपठाएको उल्लेख गरे । उनले गृहमन्त्रीले संसदमा आएर ठूलो कुरा मात्रै गरेको बताए ।
प्रमुख सचेतक शाहीले संविधान संशोधन गर्नुपर्ने बताए । उनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने व्यवस्थामा जानुपर्ने उल्लेख गरे ।