चित्रबहादुरको प्रश्न : आरोप ढाकछोप गर्न कांग्रेस-एमाले मिलेका हुन् ?

हिमाल प्रेस २३ असार २०८१ १४:५०
30
SHARES
चित्रबहादुरको प्रश्न : आरोप ढाकछोप गर्न कांग्रेस-एमाले मिलेका हुन् ? फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नक्कली भुटानी शरणार्थी र गिरिबन्धु टि इस्टेट प्रकरण ढाकछोप गर्नका लागि कांग्रेस–एमालेबीच सहकार्य भएको भए मान्य नहुने चेतावनी दिएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा उनले त्यस्ता काण्डहरूबाट आफूलाई चोख्याउन कांग्रेस एमालेले नयाँ सत्ता समीकरण बनाएको हो भने त्यो नेपाली जनतालाई मान्य नहुने बताए।

अध्यक्ष केसीले नयाँ पुराना सबै दलहरू भ्रष्ट छन् भन्ने कुरा नेपाली जनतालाई थाहा भएकाले विगतमा भएका गल्ती सच्याएर अघि बढ्न अब बन्ने सरकारलाई सुझाव दिए।

उनले एमालेले सरकारको नेतृत्व गर्ने भन्ने कुराप्रति पनि असन्तुष्टि व्यक्त गरे। संसद्‌को ठूलो दल कां0ग्रेसले सरकारको नेतृत्व लिनुपर्ने उनको भनाइ थियो। अध्यक्ष केसीले नेपाली जनताले राजनीतिक पार्टीहरूप्रति घृणा गरिरहेको उल्लेख गर्दै त्यसलाई चिर्ने गरी अब बन्ने सरकारले काम गर्नुपर्ने पनि बताए।

प्रकाशित: २३ असार २०८१ १४:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 5 =