प्रतिपक्षी दलको बेन्चमा बस्यो एमाले

हिमाल प्रेस २३ असार २०८१ १२:५५
92
SHARES
प्रतिपक्षी दलको बेन्चमा बस्यो एमाले

काठमाडौँ- नेकपा एमाले आजको प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी बेन्चमा बसेको छ। वर्तमान सत्ता गठबन्धनसँग सम्बन्ध टुटाएर कांग्रेससँगको गठबन्धन निर्णय गरेको एमाले आज कांग्रेससँगै प्रतिपक्षी बनेको हो।

असार १७ गते एमालेले नेपाली कांग्रेससँग सत्ता गठबन्धन गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेको थियो। एमालेले यसअघि नै सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना मन्त्रीहरूलाई पनि फिर्ता बोलाइसकेको छ। कांग्रेस संसदीय दलले पनि एमालेको नेतृत्वमा सरकार गठन पहल गर्ने निर्णय गरिसकेको छ। एमालेले पनि कांग्रेसको उक्त निर्णयको स्वागत गरिसकेको छ।

प्रकाशित: २३ असार २०८१ १२:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 5 =