सुनको मूल्य तोलामा एक हजारले बढ्यो

हिमाल प्रेस २३ असार २०८१ १२:००
18
SHARES
सुनको मूल्य तोलामा एक हजारले बढ्यो सांकेतिक तस्बिर।

काठमाडौँ- स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु एक हजारले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ४४ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४५ हजार चार सय निर्धारण भएको छ।

शुक्रबार प्रतितोला रु एक लाख ४३ हजार सात सयमा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु एक लाख ४४ हजार सात सय निर्धारण भएको छ।

चाँदीको मूल्य तोलामा रु २० ले वृद्धि भएको छ। शुक्रबार प्रतितोला रु एक हजार आठ सय ७० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार आठ सय ९० निर्धारण भएको छ।

प्रकाशित: २३ असार २०८१ १२:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 2 =