देशभर २३ प्रतिशत रोपाइँ, सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा

हिमाल प्रेस २३ असार २०८१ १०:५५
2
SHARE
देशभर २३ प्रतिशत रोपाइँ, सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा

काठमाडौँ- देशभर २३ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि विभागले जनाएको छ। विभागका अनुसार एक सातायता देशभर मनसुन सक्रिय भएपछि सातै प्रदेशमा २३ प्रतिशत रोपाइँ भएको हो। अहिले देशभर धमाधम रोपाइँ भइरहेको विभागले जनाएको छ।

सुदूरपश्चिम प्रदेशमा ५५ प्रतिशत रोपाइँ सम्पन्न भएको विभागले जनाएको छ। यस प्रदेशमा एक लाख ७४ हजार पाँच सय ७६ हेक्टर जमिनमा रोपाइँ भएको छ। सुदूरपश्चिम प्रदेशपछि कर्णाली प्रदेशमा ४७.५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। यस प्रदेशमा ४७.५ प्रतिशत रोपाइँ भएको विभागले जनाएको छ।

यस्तै, बागमतीमा १९.६ प्रतिशत, गण्डकीमा २१.३ प्रतिशत र लुम्बिनीमा २२.८ प्रतिशत रोपाइँ सकिएको विभागको तथ्यांकमा छ। विभागका अनुसार बागमतीमा एक लाख १२ हजार दुई सय ७३ हेक्टरमा, गण्डकीमा ९८ हजार नौ सय चार हेक्टरमा र लुम्बिनीमा तीन लाख ११ हजार ६ सय ४३ हेक्टरमा रोपाइँ सकिएको हुँदै आएको छ।

विभागका अनुसार कोशीमा १३.७ प्रतिशत रोपाइँ भएको छ। यस प्रदेशमा दुई लाख ७६ हजार तीन सय ८६ हेक्टरमा रोपाइँ हुन्छ। धान धेरै उत्पादन हुने मधेश र कोशी प्रदेशमा रोपाइँ बल्ल सुरु भएको विभागले जनाएको छ।  यसैगरी मधेशमा ८.२ प्रतिशत मात्रै रोपाइँ भएको छ। यस प्रदेशमा पनि यस बर्ष धान रोपाई हालै मात्र सुरु भएको छ। मधेश प्रदेशमा तीन लाख ८३ हजार एक सय ५० हेक्टरमा रोपाइँ हुन्छ।

विभागका अनुसार गत वर्ष यही समयमा २९ प्रतिशत रोपाइँ भएको थियो। यस वर्ष मनसुनी ढिलो हुँदा थोरै रोपाइँ भएको विभागको भनाइ छ।

प्रकाशित: २३ असार २०८१ १०:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + nine =