कोशीमा खोलियो ५६ वटै ढोका

हिमाल प्रेस २३ असार २०८१ १०:१९
16
SHARES
कोशीमा खोलियो ५६ वटै ढोका तस्बिर स्रोत : कोशी ब्यारेज, कन्ट्रोल रुम।

काठमाडौँ- अविरल वर्षाको कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । सुनसरी प्रहरीले दिएको जानकारी अनुसार आज बिहान ९ः०० बजेको मापन अनुसार पानीको बहाव प्रतिघण्टा ३ लाख ६८ हजार ६७० क्युसेक पुगेको छ ।

पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा रातो झन्डा गाडिएको छ भने ब्यारेजको ५६ वटै ढोका खुलेका छन् । सप्तकोशी ब्यारेजले प्रतिघण्टा ४ लाख क्युसेकसम्म धान्न सक्ने प्रहरी बताउँछ । पानीको बहाव अझै बढ्ने अनुमान गरिएको छ । ८ बजेको मापनमा प्रतिघण्टा ३ लाख ४९ हजार क्युसेक थियो भने ७ बजे ३ लाख ४२ हजार क्युसेक पानी थियो।

 

प्रकाशित: २३ असार २०८१ १०:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 14 =