पुनरागमन जितले नेदरल्यान्ड्स ‘अन्तिम ४’ मा

हिमाल प्रेस २३ असार २०८१ ७:४९
4
SHARES
पुनरागमन जितले नेदरल्यान्ड्स ‘अन्तिम ४’ मा जितपछि हौसला बाँड्दै नेदरल्यान्ड्सका खेलाडी। तस्बिर : एपी/रासस

काठमाडौँ- टर्कीविरुद्ध पुनरागमन जित निकाल्दै नेदरल्यान्ड्स युरो २०२४ को सेमिफाइनल पुगेको छ। बर्लिनमा भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा नेदरल्यान्ड्सले २-१ को जित दर्ता गरेको हो।

टर्कीले खेलको ३५औँ मिनेटमा खेलमा अग्रता लिएको थियो। आर्डा गुलेरको क्रसमा समेत अकायदिनले हेडर मार्फत गोल गर्दै खेलमा टर्कीलाई अग्रता दिलाएका थिए।

दोस्रो हाफमा ६ मिनेटको अन्तरालमा दुई गोल गर्दै नेदरल्यान्ड्सले अग्रता लिन सफल भयो। ७०औं मिनेटमा मेम्फिस डिपाएको क्रसमा शक्तिशाली हेडर प्रहार गर्दै स्टेफान डेभ्रिजले खेल बराबरीमा ल्याए । ७६औं मिनेटमा नेदरल्याण्ड्सले अग्रता लियो।

डेन्जेल डमफ्रिजको क्रसमा मर्ट मल्डुरले आत्मघाती गोल गरेपछि नेदरल्यान्ड्सको पुनरागमन पुरा भयो । सोही गोल जितका लागि पर्याप्त गयो।

नेदरल्यान्ड्सले अब सेमिफाइनलमा इंग्ल्यान्डको सामना गर्नेछ।

प्रकाशित: २३ असार २०८१ ७:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − twelve =