इंग्ल्यान्ड सेमिफाइनलमा

हिमाल प्रेस २३ असार २०८१ ७:२७
6
SHARES
इंग्ल्यान्ड सेमिफाइनलमा स्विट्जरल्यान्डका मानुएल आकान्जीको पहिलो प्रहार बचाउँदै इंग्ल्यान्डका गोलरक्षक जोर्डन पिकफोर्ड। तस्बिर : रासस/ एपी

काठमाडौँ- युरो २०२४ फुटबलमा इंग्ल्यान्डले सेमिफाइनलमा स्थान बनाएको छ। इंग्ल्यान्डले पेनाल्टी सुटआउटमा स्विट्जरल्यान्डलाई ५-३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो। डसेलडोर्फमा भएको तेस्रो क्वाटरफाइनल खेलमा निर्धारित र अतिरिक्त समय १-१ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिएको थियो।

पेनाल्टी प्रहारमा स्विट्जरल्यान्डका मानुएल आकान्जीको पहिलो प्रहार नै इंग्ल्यान्डका गोलरक्षक जोर्डन पिकफोर्डले बचाएपछि अग्रताको अवसर पायो। इंग्ल्यान्डका सबै खेलाडीले पेनाल्टीमा गोल गरे भने अकान्जी बाहेक स्विट्जरल्यान्डका पनि बाँकी खेलाडीले गोल गरेका थिए। त्यसअघि निर्धारित समयमा अधिकांश समय गोलरहित बराबरी भएको खेलमा ७५औं मिनेटमा ब्रिल एम्बोलोले स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए। रुबेन भार्गासको क्रस डिफेन्डर जोन स्टोन्सले क्लियर गर्न नसकेपछि पाएको बललाई उनले गोलमा परिणत गरे।

तर पाँच मिनेट पछिनै इंग्ल्यान्डले खेल बराबरीमा ल्यायो। ८०औं मिनेटमा इंग्ल्यान्डका स्टार बुकायो साकाले डेकलान राइसको पासलाई डिबक्स बाहिरबाट दोस्रो बार च्यापेर गरेको प्रहार गोलमा परिणत भएको थियो।

प्रकाशित: २३ असार २०८१ ७:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =