![जलमग्न बस्ती [तस्बिरहरू]](https://himalpress.com/wp-content/uploads/2024/07/duban.jpg)
काठमाडौँ- अविरल वर्षापछि आएको बाढीका कारण देशका विभिन्न भागका बस्ती डुबानमा परेका छन्। नारायणी नदीको बाढी बस्तीमा पस्दा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–२ को बोटेटोलका करिब एक सय घर डुबानमा परेका वडाध्यक्ष प्रकाश सापकोटाले जानकारी दिए। यहाँका करिब चार सयजना प्रभावित भएपछि सुरक्षित स्थानमा सारिएको सापकोटाले बताए।
नारायणी नदीले खतराको तह पार गरेको छ । नारायणी नदीको देवघाटस्थित जल मापन केन्द्रका अनुसार शनिबार साँझ ७ः३३ बजे नदीमा पानीको सतह १० दशमलव ४० मिटर पुगेको छ। नारायणी नदीको देवघाट मापन केन्द्रमा पानीको सतह नौ मिटर पुगेपछि खतरा मानिन्छ।
नारायणी नदीले खतराको तह पार गरेपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताए। बाढीबाट गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिकामा प्रभाव पार्ने गरेको छ।


दाङको घोराही उपमहानगरपालिका-५ वसन्तापुरको बस्तीमा पसेको बबई नदीको बाढी । बस्ती डुवान हुँदा यहाँको जनजीवन प्रभावित भएको छ।





तस्बिरहरू : रासस