देशभर मनसुनी वायुको प्रभाव, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

हिमाल प्रेस २२ असार २०८१ २०:१०
76
SHARES
देशभर मनसुनी वायुको प्रभाव, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान काठमाडौँको तिनकुने गैरीगाउँस्थित जलमग्न सडकमा जमेको पानीको पर्वाह नगरी जोखिम मोलेर सवारीसाधन सञ्चालन गर्दै चालक। तस्बिर : रासस

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा पानी परिरहेको महाशाखाको बुलेटिनमा उल्लेख छ।

शनिबार राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहनेछ। कोशी र मधेश प्रदेशका केही तथा बाँकी प्रदेशका धेरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही स्थानहरु, कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थान तथा मधेश प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको एक-दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना छ।

आइतबार

दिउँसो ː देशभर साधारणतया देखि पूर्णतया बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थान तथा मधेश प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका प्रदेशको एक-दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना छ।

राति ː देशभर साधारणतया देखि पूर्णतया बदली रहनेछ। मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरु तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

सोमबार

दिउँसो ː देशभर साधारणतया बदली रहनेछ। सबै प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राति ː देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

प्रकाशित: २२ असार २०८१ २०:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =