‘म्याड फेस्ट’को दोस्रो दिन : ‘नुग्धा’ र ‘शिल्पिनी’ को सो हाउसफुल

हिमाल प्रेस २२ असार २०८१ २०:००
218
SHARES
‘म्याड फेस्ट’को दोस्रो दिन : ‘नुग्धा’ र ‘शिल्पिनी’ को सो हाउसफुल

काठमाडाैँ- मण्डला थिएटरका पूर्व विद्यार्थीले आयोजना गरेको रंग महोत्सव ‘म्याड फेस्ट’ को दोस्रो दिन दुई सो बाक्लाे दर्शकबीच मञ्चन भएको छ। विजय ब्लोनद्वारा निर्देशित ‘नुग्धा’ र वेदना राईको निर्देशनमा तयार ‘शिल्पिनी’ लाई हाउसफुल दर्शक मिलेको हो।

करिब तीन सय दर्शकले महोत्सवमा नाटक हेरेको ‘म्याड फेस्ट’का निर्देशक अनुप न्यौपानेले बताए। ‘मनले काम गरियो भने झरिले पनि नरोक्ने रै’छ,दर्शकको यस्तो माहोल देखेर हामी आफैँ उत्साहित भएका छौँ। जसरी दर्शकको माया र प्रतिकृया पाइरहेका छौँ हामीले फेरि पनि यस्ता महोत्सव गरिरहनुपर्छ जस्तो लागेको छ,’न्यौपानेले भने,’रमाइलो कुराचाहिँ हामीसँग हाम्रो पुस्ता र नयाँ पुस्ताका साथीहरू मात्र हुनुहुन्छ तर जुन उचाई महोत्सवले पाइरहेको छ, एउटा परिपक्व महोत्सव बनेको छ।’

महोत्सवका संयोजक प्रेम सिलवालका अनुसार पुसदेखि यो महोत्सवको तयारी सुरु भएको हो। ‘हामीले सोचेजस्तै महोत्सव भव्य आयोजना गर्न सक्यौं। महोत्सवको उद्घाटनमा चार सय दर्शकको उपस्थिति थियो,’सिलवालले भने, ‘यो महोत्सव गरिसकेपछि हामी युवाले आफ्ना लागि अवसर सिर्जना गर्न सक्छौं भन्ने महसुस गरेका छौं। भविष्यमा यो महोत्सव अन्तर्राष्ट्रियस्तरको बन्दै जानुपर्छ भन्ने लाग्छ।’

महोत्सव सकिए‍लगत्तै यी ६ नाटक दश दिन निरन्तर मञ्चनमा आउनेछन्। महोत्सवमा नाटक हेर्न छुटाएका दर्शकका लागि मञ्चन समय थपिएको उनी बताउँछन्। महोत्सवको दोस्रो दिन ‘द जर्नी अल्मुनाइ टक्स’माथि कलाकार पशुपति राईको सहजीकरणमा कलाकार लक्ष्मी बर्देवा, नम्रता केसी, सन्दीप श्रेष्ठ, अनिल कुर्मी र प्रेम सिलवालबीच अन्तरक्रिया गरिएको छ।

प्रकाशित: २२ असार २०८१ २०:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =