ओली निवासका सुरक्षा प्रमुख प्रहरी निरीक्षक थापाको मृत्यु

हिमाल प्रेस २२ असार २०८१ १९:३७
142
SHARES
ओली निवासका सुरक्षा प्रमुख प्रहरी निरीक्षक थापाको मृत्यु प्रतीकात्मक तस्बिर।

भक्तपुर- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा सुरक्षा प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका ४२ वर्षीय सशस्त्र प्रहरी निरीक्षक उमेश थापाको मृत्यु भएको छ।

सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोक काठमाडौँ दरबन्दी भई ओली निवास बालकोटस्थितमा सुरक्षा प्रमुखका रूपमा कार्यरत थापा शनिबार सूर्यविनायक नगरपालिका–९ गुण्डुस्थित आफ्नै निवासमा मृत भेटिएको जिल्ला प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए।

घटनास्थलमा पुगेको प्रहरी वृत्त जगातीका अधिकृतसहित टोलीले अनुसन्धान सुरु गरेको जानकारी दिँदै उनले मृतक थापाको शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज लगिएको बताए। उनले भने, ‘के–कारणले मृत्यु भएको हो भन्नेबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। शव परीक्षणको प्रतिवेदन आएपछि अनुसन्धान अघि बढाइनेछ।’ रासस

प्रकाशित: २२ असार २०८१ १९:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 16 =