स्याङ्जाको बिरुवामा पहिरोमा परेर दुई जनाको मृत्यु,एक बेपत्ता

हिमाल प्रेस २२ असार २०८१ १८:१३
12
SHARES
स्याङ्जाको बिरुवामा पहिरोमा परेर दुई जनाको मृत्यु,एक बेपत्ता पहिराे। प्रतिनिधिमूलक तस्बिर।

पोखरा- स्याङ्जाको बिरुवा गाउँपालिकामा पहिरोबाट घर पुरिँदा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन्। बिरुवा गाउँपालिका-६ लामाखेतका ईश्वरी लम्सालको घर शनिबार दिउँसो पहिरोले पुरेको हो।

पहिरोमा परी ज्यान गुमाउनेमा बिरुवा गाउँपालिका-६ माझकोटकी ६५ वर्षीया गुहेश्वरी शर्मा मरासिनी र ६७ वर्षीया हरिमाया शर्मा हुन्। माझकोटका ७१ वर्षीय माधव शर्मा बेपत्ता छन्। उनको खोजी भइरहेको छ।

पहिरोमा सामान्य घाइते भएका पाँच जनाको उद्धार भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डीएसपी इन्द्रबहादुर रानाले बताए।

प्रकाशित: २२ असार २०८१ १८:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 15 =