ब्युरो ८१ साहित्यिक विशेषांक १४८ लोकार्पण

हिमाल प्रेस २२ असार २०८१ १७:२८
28
SHARES
ब्युरो ८१ साहित्यिक विशेषांक १४८ लोकार्पण ‘ब्युरो ८१ साहित्य विशेषांक १४८’ लोकार्पण समारोहका सहभागी। तस्बिर : हिमालप्रेस

काठमाडौँ- दायित्व वाङ्‌मय प्रतिष्ठानको आयोजना तथा ब्युरो ८१ नेपालको सहआयोजनामा दायित्व भवन, हात्तीगौँडामा ब्युरो ८१ नेपालका सदस्यहरूद्वारा लिखित रचनाहरूको संग्रह ‘ब्युरो ८१ साहित्यिक विशेषांक १४८’ को लोकार्पण गरिएको छ।

प्रमुख अतिथिद्वय नगेन्द्रराज शर्मा (वरिष्ठ साहित्यकार एवं साहित्यिक पत्रकार), एसपी कोइराला (पूर्वअर्थमन्त्री तथा साहित्यकार), विशिष्ट अतिथिहरू सुबसेन ओली, डा. महेश्वर शर्मा र मधुवन पौडेलले विशेषांकको सामूहिक लोकार्पण गरेका थिए।

लोकार्पित उक्त पुस्तकमाथि वरिष्ठ समालोचक प्रा.डा.रामप्रसाद ज्ञवालीले शीर्षकगत समीक्षा गरेका थिए। कार्यक्रममा महेश्वर शर्मा, एसपी कोइराला र नगेन्द्रराज शर्माले शुभकामना मन्तव्य दिएका थिए। यसैगरी साहित्यकार एवं पूर्व प्रशासक प्रह्लाद पोखरेल, रमेश खनाल तथा राममणि दुवाडीले कविता वाचन गरेका थिए।

सामूहिक राष्ट्रियगान तथा प्रा.डा. भागवत ढकालको स्वागत मन्तव्यबाट सुरु गरिएको कार्यक्रम दायित्व वाङ्‌मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रमको सुरुमा सभाध्यक्ष पन्तले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए। यसैगरी सहसभाध्यक्ष एवम् र ब्युरो ८१ नेपालका अध्यक्ष यादव खनालले धन्यवाद ज्ञापन गरेका थिए।

कार्यक्रममा वरिष्ठ साहित्यकार, प्रशासक तथा ब्युरो सदस्यसमेत गरी ६० जनाको सहभागिता थियो। ब्युरो ८१ ले सेवा निवृत्त जीवनलाई साहित्य सिर्जना र साधनामा लगाउने कामलाई उपस्थित सबैले प्रशंसा गरेका थिए।

प्रकाशित: २२ असार २०८१ १७:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + eight =