बाढीले पुल भत्काउँदा राजविराज-कञ्चनपुर सडकखण्डमा आवागमन ठप्प, गाउँ डुबानमा

हिमाल प्रेस २२ असार २०८१ १६:५९
12
SHARES
बाढीले पुल भत्काउँदा राजविराज-कञ्चनपुर सडकखण्डमा आवागमन ठप्प, गाउँ डुबानमा फाइल तस्बिर

सप्तरी- सप्तरीको तिरुहुत गाउँपालिका–२ स्थित पुललाई मोहुली खोलामा आएको बाढीले भत्काउँदा राजविराज–कञ्चनपुर सडकखण्डमा आवागमन ठप्प भएको छ।

तिरहुत–२ का वडाध्यक्ष सञ्जिवकुमार यादवले राजविराज–कञ्चनपुर सडकखण्डमा आवागमन ठप्प भएको जानकारी दिए। उनले बाढीले कोशी पम्प चन्द्रनहर सिँचाइ योजनाको निर्माणाधीन विभिन्न संरचना तथा उपकरणमा क्षति पुर्‍याएको बताए।

यसैगरी मोहुली खोलामा आएको बाढीले कञ्चनरुप नगरपालिका–११ स्थित ठेलिया नजिक पूर्वतर्फ बाँध भत्काउँदा खेतीबालीलाई क्षति पुर्‍याएको छ। तिरहुत–२ का बलराम साहका अनुसार मोहुलीको बाढीले तीन सय बिघा जमिन क्षति पुर्‍याएको छ।

बाढीले जिल्लाको तिरहुत गाउँपालिका, हनुमाननगर कंकालिनी नगरपालिकाका केही वडा डुबानमा परेका छन्। खाँडो खोलामा आएको बाढीले जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाका लौनिया, तिलाठी, सकरपुरा, कोइलाडीलगायत गाउँ डुबानमा परेका छन्।

प्रकाशित: २२ असार २०८१ १६:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + four =