कांग्रेस-एमालेले साथ दिएपछि मधेशका मुख्यमन्त्री सिंहले पाए विश्वासको मत

हिमाल प्रेस २२ असार २०८१ १६:२५
70
SHARES
कांग्रेस-एमालेले साथ दिएपछि मधेशका मुख्यमन्त्री सिंहले पाए विश्वासको मत मधेशका मुख्यमन्त्री सतिशकुमार सिंह। तस्बिर : रासस

जनकपुरधाम- मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शनिबार प्रदेशसभाबाट विश्वासको मत लिएका छन्। मुख्यमन्त्री सिंहलाई जनमत, नेकपा एमाले, नेपाली कांग्रेस, लोसपा, नागरिक उन्मुक्ति पार्टीका सांसदले विश्वासको मत दिएका हुन्।

प्रदेशसभामा मत विभाजन गराउँदा उपस्थित १०१ जना प्रदेश सांसदमध्ये मुख्यमन्त्रीको पक्षमा ६७ मत र विपक्षमा ३४ मत परेको छ।

यसैगरी जसपा, माओवादी, नेकपा एस, नेपाल संघीय समाजवादी पार्टीका सांसदले सिंहको विपक्षमा मतदान गरेका छन्। मुख्यमन्त्री सिंहले बिहान नेकपा माओवादी केन्द्रसहित चार दलका ६ जना मन्त्रीहरूलाई बर्खास्त गरेका थिए। नयाँ गठबन्धन बनाएका कांग्रेस र एमालेले विश्वासको मत दिने भएपछि उनले मन्त्रीहरूलाई पदमुक्त गरेका थिए।

प्रकाशित: २२ असार २०८१ १६:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 7 =